
वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा बारा २ बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिले पूर्वसंविधान सभा सदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको हो ।
सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गरेको हो । यसअघि आइतबार बसेको कांग्रेस क्षेत्र नं २ को कार्यसमितिले पनि यादवको एकल नामबारे सर्वसम्मत रुपमा निर्णय गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो ।