०२ साउन २०८३, शनिबार

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

मंगलबार दिनभर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक दुई स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भूभागमा मौसम सामान्यतः सफा रहने छ।

 ​यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ।  कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्