०७ साउन २०८३, बिहीबार

चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा भेटे पानीको अर्को स्रोत, बस्ती बसाउन सहज हुने दाबी

चैत १४, २०७९
चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा भेटे पानीको अर्को स्रोत, बस्ती बसाउन सहज हुने दाबी

चन्द्रमामा नयाँ र नवीकरणीय पानीको स्रोत भेटिएको र पछि त्यहाँ बस्ती बसाउन सहज हुने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । 

सन् २०२० मा चीनले चन्द्रमाबाट ल्याएको माटोमा साना शीशाका दाना थिए र तिनमा पानी थियो । उल्कापिण्डले पारेको खाडलमा ती साना शीशाहरू भेटिएका थिए । 

चम्किला र बहुरंगी दानाभित्रको पानी झिक्न सजिलो हुनेछ । तिनलाई इन्धन वा अन्तरिक्षयात्रीले पिउने पानीका रूपमा पनि उपयोग गर्न सकिनेछ । 

चन्द्रमामा पानी छ भन्ने कुरा वैज्ञानिकहरूलाई वर्षौंअघि थाहा भइसकेको थियो । चन्द्रमाको ध्रुवमा रहेका अँध्यारा क्षेत्रमा बरफ भेटिएकाले पानीको अस्तित्वको अनुमान गरिएको थियो । तर अहिले शीशाभित्र पानी भेटिँदा निरन्तर जलचक्रको प्रमाण भएको वैज्ञानिकहरूको आकलन छ ।

बेइजिङको छाङ’ए ५ चन्द्रमा अभियानले यी शीशाहरू ल्याएको हो । त्यसको अध्ययनको निष्कर्ष नेचर जियोसाइन्स नामक जर्नलमा प्रकाशित छ । 

यस्ता शीशाहरू अर्बौंको संख्यामा रहेकाले तिनबाट पानी निकालेर प्रयोग गर्न सकिने उक्त अध्ययनमा सहभागी वैज्ञानिक हच्यु हुईले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्