०७ साउन २०८३, बिहीबार

नेपालले खेल्यो भुटानसँग बराबरी, फाइनलमा प्रवेश

नेपालले खेल्यो भुटानसँग बराबरी, फाइनलमा प्रवेश

 प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपालले भुटानसँग बराबरी खेलेको छ । यससँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा मंगलबार नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । 

खेलमा १९ औँ मिनेटमा तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर नेपालका  दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । 

यससँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा  चैत १७ गते लाओससँग खेल्नेछ । 

कमेन्ट गर्नुहोस्