३१ असार २०८३, बुधबार

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, मन्त्रालय भागबण्डा र साझा कार्यक्रममा सहमति खोजिने

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, मन्त्रालय भागबण्डा र साझा कार्यक्रममा सहमति खोजिने
फाइल फोटो

सत्तारुढ गठबन्धनको बैठक आज बुधवार बिहान बस्दैछ । बैठकले मन्त्रालय भागबण्डा र सरकारको न्युनतम साझा कार्यक्रममा सहमति खोज्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो ।

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलवारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे पनि छलफल भएको र बुधवार बिहानको बैठकबाट सबै विषय टुंग्याउने निर्णय भएको जानकारी दिइन् । 

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर बुधवार टुंगोमा पुगिनेछ । ‘बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । यसमा विस्तृत छलफल गरेर पूर्णता दिने सहमति भएको छ,’ नेता लेखकले भने ।

मंगलवारको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए । सरकारलाई चाडोभन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताए । उनले भने, ‘सरकार चाँडै विस्तार गर्नेबारे छलफल भयो, कुरो नमिल्ने केही कुरा छैन, सबै दलहरू अत्यन्त लचिलो हुनुहुन्छ, चाँडो सरकार विस्तार गर्ने र गठबन्धनलाई निरन्तरता र दीगो बनाउन सबै दल लचिलो र प्रतिबद्ध हुनुहुन्छ । बैठकमा त्यही किसिमले कुराकानी भएको छ ।’

मंगलवारको बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभू साह लगायतका नेता सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्