०४ साउन २०८३, सोमबार

डोक्लम विवादमा चीनको पनि धारणा समावेश गर्नुपर्ने भुटानी प्रधानमन्त्रीको भनाइ

चैत १५, २०७९
डोक्लम विवादमा चीनको पनि धारणा समावेश गर्नुपर्ने भुटानी प्रधानमन्त्रीको भनाइ

भुटानका प्रधानमन्त्री लोटे छिरिङले डोक्लाम विवादमा भारत र भुटान जस्तै चीनको पनि धारणा समावेश गर्नुपर्ने बताएका छन् । 

भारत–भुटान–चीनको त्रिदेशीय विन्दुका रूपमा रहेको डोक्लाममा ६ वर्षअघि भारत र चीनका सेना आमनेसामने भएका थिए । 

भुटानी प्रधानमन्त्रीको भनाइमा भारतको प्रतिक्रिया आउन बाँकी छ । 

‘डोक्लाम त्रिदेशीय विन्दु हो । भुटान एक्लैले यस समस्याको समाधान गर्न सक्दैन,’ बेल्जियमको एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै छिरिङले बताए । 

‘हामी तीन देश छौं । यहाँ कुनै ठूलो वा सानो देश छैन, तीनै देशको हैसियत बराबर छ,’ उनले थपे । 

विवाद समाधानका लागि गरिने छलफलमा भुटान तयार रहेको र अन्य दुई देश पनि तयार हुनेबित्तिकै कुराकानी थाल्ने उनले बताए । सञ्चारमाध्यमहरूमा आएजस्तो भुटामा चीनले गाउँ वा बस्ती बनाएर अतिक्रमण गरेको घटना नभएको उनले स्पष्ट पारे । 

भारतीय अधिकारीहरूले चाहिँ डोक्लाममा चीनका गतिविधिहरूबाट उसले अग्रता लिन खोजेको र यथास्थितिलाई उल्लंघन गर्ने चिनियाँ प्रयासलाई उल्लंघन गर्न खोजेको रूपमा हेरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्