३१ जेठ २०८३, आइतबार

दार्चुलामा आयोडिन नूनको खपत बढ्दै

दार्चुलामा आयोडिन नूनको खपत बढ्दै

दार्चुलामा पछिल्लो समय आयोडिन नूनको खपत बढेको छ ।

केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नूनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नूनको प्रयोग तथा बिक्री वितरण बढेको छ ।

जनचेतना वृद्धिसँगै आयोडिन नूनको प्रयोग बढेको हो । दार्चुलामा खलंगा र गोकुलेस्वर गरी आयोडिन नूनका  २ डिपो रहेका छन् भने ब्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् ।

बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नूनको बिक्री वितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डीपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताए ।

महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्री डिपोबाट चालू आर्थिक वर्षको फागुनसम्म १ हजार ७३९ क्वीन्टल ५० किलोग्रा बिक्री भएको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । गत वर्ष ६४६ क्वीन्टल ५० किलोग्राम नून मौज्दात थियो ।

चालू आर्थिक वर्षमा २ हजार क्वीन्टल आयोडिन नून जिल्लालाई प्राप्त भएको छ । शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा नूनको बिक्रीदर बढ्दै गएको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मणसिंह धामीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्