
म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा २१ लाख रुपैयाँमा कभर्ड हल निर्माण भएको छ ।
ब्याटमिन्टनसहित मार्सल आर्टका खेल समेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कभर्ड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाको ११ लाख, पूर्वाधार कार्यालयको ५ लाख र २ नम्बर वडा कार्यालयबाट ५ लाख गरी २१ लाख रुपैयाँको आर्थिक सहयोगमा कभर्ड हल निर्माण भएको हो ।
गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र संघीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।
कभर्ड हल बाहिर पार्किङ, व्यवस्थित शौचालय सहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कभर्ड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।