१४ असार २०८३, आइतबार

आईपीएलमा साविक विजेता गुजरातको विजयी शुरुवात

आईपीएलमा साविक विजेता गुजरातको विजयी शुरुवात

 इण्डियन प्रिमियर लीग (आईपीएल)को पहिलो खेलमा गुजरात टाइटान्सले विजयी शुरुवात गरेको छ । यस सिजनको पहिलो खेलमा गएराति गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गर्दै चेन्नई ७ विकेट क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको गुजरातले ४ बल बाँकी छँदै ५ विकेटको जित हात पारेको हो । 

गुजरातका लागि शुभम गिलले ६३ र विजय शंकरले २७ रनको योगदान दिए । 

चेन्नईका लागि रुतराज गैकवाडले ५० बलमा ९२ रन बनाएका थिए । तर चेन्नईका बलरले गुजरातलाई रोक्न नसकेपछि हार टार्न सकेन ।

आठौं क्रममा ब्याटिङ गर्न आएका महेन्द्रसिंह धोनीले ७ बलमा नटआउट १४ रन बनाए । 

आज आइपिएलमा २ खेल हुनेछन् । पहिलो खेलमा पन्जाब र कोलकाता भिड्नेछन् । दोस्रो खेल लखनउ सुपर जायन्टस् र दिल्ली क्यापिटल्टबीच हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्