
राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ को उम्मेदवार पूर्वडीआईजी रमेश खरेललाई बनाउने निर्णय गरेको छ । यस्तै तनहुँ १ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत खरेल र वाग्लेलाई वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिइएको हो ।