०४ साउन २०८३, सोमबार

सुशासन नभएसम्म देशले प्रगति गर्न सक्दैन, नेपाल आमालाई माया गर्ने एकजुट हुनुपर्छ : रमेश खरेल

सुशासन नभएसम्म देशले प्रगति गर्न सक्दैन, नेपाल आमालाई माया गर्ने एकजुट हुनुपर्छ : रमेश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् । 
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताए । 

उनले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल गर्न नसक्ने बताए । उनले आफूहरुमा अल्मलिने छुट नरहेको जिकिर गरे । 
‘देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ । तर अब हामीसँग अल्मलिने छुट छैन । हामी अल्मलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ’, उनले भने, ‘देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन ।’ 

नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।   
 

salt training

कमेन्ट गर्नुहोस्