×

NMB BANK
NIC ASIA

यमनमा सैनिक कर्नेलको हत्या

चैत १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा अज्ञात बन्दुकधारीले सरकारी सेनाका एक वरिष्ठ सैनिक अधिकारीको हत्या गरेको एक सुरक्षा अधिकारीले शनिबार सिन्ह्वालाई बताएका छन् ।

Muktinath Bank

नाम नबताउने शर्तमा एक जना स्थानीय सुरक्षा अधिकारीले भने, “ताइज प्रान्तको मध्यभागमा रहेको वादी अल–कादी इलाकामा शुक्रबार राति मोटरसाइकलमा आएका दुई जना नकाब पहिरेका बन्दुकधारीले गोली चलाएर कर्णेल यासिर अल–हाशिदीको हत्या गरेका छन् ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यमनमा हुथी समूहविरुद्धको अभियानको नेतृत्व गर्न सक्रिय भूमिका खेलेका अल–हाशिदीले सरकार समर्थित सेनासँग सम्बद्ध तेस्रो बोर्डर गार्ड ब्रिगेडको अपरेसन प्रमुखका रूपमा काम गरेक थिए । अधिकारीका अनुसार स्थानीय सुरक्षा अधिकारीहरूले घटनास्थललाई तुरुन्तै नियन्त्रणमा लिई ‘ड्राइभ–बाई’ गोलीकाण्डको घटनाको अनुसन्धान सुरु गरेका छन् ।


Advertisment
Nabil box
Kumari

यमनका विभिन्न युद्धरत पक्षहरूले एकअर्काको सेना र राजनीतिक व्यक्तित्वहरूलाई लक्षित गर्दै द्वन्द्व चर्किंदै जाँदा हालैका वर्षहरूमा हत्याका घटनाहरू बढी भएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथी लडाकू समूहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यसका सहयोगीहरूविरुद्ध लडिरहेको छ । राष्ट्रसङ्घद्वारा मान्यता दिएको यमनी सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले पनि सहयोग गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

संयुक्त राष्ट्रसङ्घले यमनमा आठ वर्षभन्दा लामो गृहयुद्ध अन्त्यका लागि युद्धविराम र शान्ति वार्ताका लागि दबाब दिँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x