१० साउन २०८३, आइतबार

जसपाकी नवनिर्वाचित सांसद अन्सारीले लिइन् शपथ

जसपाकी नवनिर्वाचित सांसद अन्सारीले लिइन् शपथ

जसपाकी नवनिर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

संसद् सचिवालय सिंहदरबारमा आइतवार बिहान सभामुख देवराज घिमिरेले अन्सारीलाई शपथ गराएका हुन् ।

सांसद सहनाज रहमानको हृदयाघातका कारण निधन भएपछि जसपाले अन्सारीलाई सांसद बनाएको थियो । 

समानुपतिकतर्फको सांसद पद रिक्त भएमा बन्दसूचीबाटै अर्को सांसद निर्वाचित गर्न पाउने कानूनी व्यवस्था छ ।
 

salt training

कमेन्ट गर्नुहोस्