असोज २, २०८०
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र (म्युजिक भिडियो) मंगलवार सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम...
अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टोली प्रचार–प्रसारका लागी दौडधुपमा छन ।
चलचित्र चलाउन आजभोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ ।
यस ‘बहाव’ चलचित्रको निर्माण पक्षले पनि चलचित्रको टिकटमा थाइल्याण्डको प्याकेज टुरको पुरस्कार राखेका छन् । केही दिनअघि चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो ।
पुरस्कार जित्न योग्य हुनका निम्ति ‘बहाव’ चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने छ ।
खल्ती एपबाट टिकट काटेर चलचित्र हेर्ने एकजना भाग्यशाली व्यक्तिले एम डि होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्याण्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । चलचित्र प्रमोसनमा जोडिन पाएकोमा ‘वहाब’को टिमलाई धन्यवाद दिँदै विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न आफूहरु उत्सुक रहेको एम डि होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन् ।
यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमहरूलाई बढावा दिने र खल्ती एपमार्फत चलचित्र हेर्ने प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बताइन् ।
खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न विल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स विगत ६ वर्षदेखि ट्राभल प्याकेजहरू उपलब्ध गरिरहेको एक (आइ.ए.टि.ए) लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लीला बहादुर लामा हुन् ।
दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोसनको लागि निकै प्रभावकारी हुने चलचित्रका मार्केटिङ हेड सुदिप दवाडीको दाबी छ ।
बिजेता छनोट भने चलचित्र प्रदर्शन सकिएको २ हप्तापछि खल्तीको अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ । सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरू पालना गर्नुपर्ने छ ।
नियम र सर्तहरू :
– विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
– टूर प्याकेज घोषणाको मिति देखि ३ महिना भित्रसम्म मात्र मान्य हुनेछ ।
– यो प्याकेज अरूलाई दिन योग्य हुने छैन ।
– विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।
– थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयंको हुनेछ ।
– भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले बेहोर्नु पर्ने छ ।
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र (म्युजिक भिडियो) मंगलवार सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम...
हास्य कलाकार राजु पौडेल (राजु मास्टर)ले आफ्नो नयाँ सिरियल ‘लफडा’ यही शुक्रवारदेखि प्रसारणमा आउने भएको छ । यो कमेडी सिरियल शुक्रवार बेलुका ८ः३० बजे ‘मास्टर टीभि’मार्फत सार्वज...
नेपाली चलचित्रका अभिनेता गौरव पहारी र उनकी प्रेमिका श्रेयानी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले बुधवार काठमाडौंको होटेल र्याडिसनमा परिवार र सीमित साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका ह...
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) नेपाली चलचित्रहरू डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् । विभिन्न कारणवश हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ननेछन्...
रामबाबु गुरुङको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ मुहूर्त गरिएको छ । शनिवार काठमाडौंको बालुवाटारमा रहेको भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रि...
दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबबाट सार्वजनिक गरिएको छ । गतवर्ष असोजमा प्रदर्शनमा आएको चलचित्र शुक्रवार दिउँसो बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...