३० जेठ २०८३, शनिबार

च्याटबोटसँग कुरा गरेपछि पतिले आत्महत्या गरेको पत्नीको दाबी

चैत १९, २०७९
च्याटबोटसँग कुरा गरेपछि पतिले आत्महत्या गरेको पत्नीको दाबी

बेल्जियममा दुई सन्तानका एक पिताले च्याटबोटसँग विनाशकारी सम्बन्ध राखी आत्महत्या गरेको उनकी पत्नीले दाबी गरेकी छन् । 

यसपछि कृत्रिम बौद्धिकताका विषयमा बहस शुरू भएको छ । 

बेल्जियमको प्रतिष्ठित ला लिब्रेसँग कुरा गर्दै महिलाले भनिन्, ‘च्याटबोटसँग कुरा नगरेका भए मेरा पति जिउँदै हुने थिए ।’

लगभग ३५ वर्षका ती पुरुष तनावमा थिए अनि च्याटबोटसँग कुरा गरेपछि आत्महत्याको निर्णयमा पुगे । 

कृत्रिम बौद्धिकतासँग जोडिएको आत्महत्याको यो पहिलो घटना हो । यसले द्रुत गतिमा विकसित भइरहेको प्रविधिका विषयमा चेतावनीहरूलाई बढाएको छ । 

एआई प्रविधिलाई केही समयका लागि रोक्नुपर्ने इलोन मस्क लगायतका विज्ञहरू बताउँछन् । 

आत्महत्या गर्न उक्साउने एआई च्याटबोटको नाम एलिजा हो र यसमा जीपीटी–जे प्रविधि जडित छ । ओपनएआईले बनाएको जीपीटी ४ को यो विकल्प हो । 

दुई वर्ष अघिसम्म सबै कुरा ठीक भए पनि विद्यावारिधि गर्दा पति तनावमा रहन थालेको पत्नीले बताइन् । 

पतिले थेसिस लेख्न छोडेर जलवायु परिवर्तनमा ध्यान दिन थालेको अनि यसमा मग्न भई उनमा वातावरणसम्बन्धी तनाव बढ्न थालेको उनको भनाइ छ । 

पति एलिजा च्याटबोटसँग घन्टौं कुरा गर्ने अनि पतिले जे भन्यो च्याटबोटले त्यसलाई हो भन्ने गर्दै जाँदा पति आत्महत्याको स्थितिसम्म पुगेको पत्नीले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्