०५ साउन २०८३, मंगलबार

नयाँ अर्थमन्त्री आए पनि शेयर बजारमा देखिएन उत्साह

नयाँ अर्थमन्त्री आए पनि शेयर बजारमा देखिएन उत्साह

नयाँ अर्थमन्त्री प्रकाशशरण महत आएकै दिन शेयर बजारमा गिरावट आएको छ। ​

आइतवार शेयर बजारको मापक नेप्से परिसूचक २० अंकले घटेको छ भने बजार १.०५ प्रतिशतले घटेर १८८८.५५ विन्दुमा झरेको छ । 

बजार घटेको दिन कालिञ्चोक दर्शन लिमिटेडले भने सबैभन्दा बढी कमाएको छ ।

यो कम्पनीले ९.९६ प्रतिशतले कमाएको छ । त्यसपछि बढी कमाउनेमा सिटिजन म्युचुअल फण्डले ६.१० प्रतिशतले कमाएको छ । 

आज गुमाउनेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था सबैभन्दा अग्र स्थानमा छ । यसको शेयर मूल्य एकै दिन ९.६१ प्रतिशनले घटेको छ ।

यसपछि बढी गुमाउनेमा प्रभु बैंकको ऋण पत्र छ । यसले ९.६० प्रतिशतले गुमाएको छ । 

आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये २६० वटाको ३७ लाख ८७ हजार कित्ता शेयरको कारोवार भएको छ ।

यसबाट ३२ हजार पटक भएको कारोवारमा १ अर्ब २० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज भएको कारोवारमा सबैभन्दा बढी गुमाउनेमा बैंकिङ समूह रहेको छ । यो समूहले १.०८ प्रतिशतले गुमाएको छ ।

त्यसपछि विकास बैंक, फाइनान्स, जलविद्युत, लगानीसहतिका उपसमूहको सूचक पनि १ प्रशितभन्दा बढीले घटेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्