२८ जेठ २०८३, बिहीबार

उपराष्ट्रपति यादवले लिए राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

उपराष्ट्रपति यादवले लिए राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी
फाइल फोटो

उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव सोमवार बिहान अस्पताल पुगेका हुन् ।

उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेट दुख्ने समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ ।

अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

यसअघि आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्