०६ असार २०८३, शनिबार

ओपेक प्लसको नयाँ निर्णयका कारण संसारभरि बढ्यो तेलको भाउ

चैत २०, २०७९
ओपेक प्लसको नयाँ निर्णयका कारण संसारभरि बढ्यो तेलको भाउ

तेल उत्पादन राष्ट्रहरू ओपेक प्लसले उत्पादन घटाउने निर्णय लिएपछि तेलको भाउ संसारभरि बढेको छ । 

यसले संसारभरि मूल्यवृद्धिको समस्या निम्त्याउने भनी चिन्ता व्यक्त गरिएको छ ।  

तेल उत्पादन दिनको १० लाख १६ हजार प्रतिब्यारल घटाउने भनी गरिएको निर्णयपछि अब मे महिनादेखि विश्वव्यापी तेल आपूर्तिमध्ये १ प्रतिशत घट्ने सम्भावना रहेको सीबीए संस्थाका ऊर्जा विश्लेषक विवेक धारले बताए । 

उत्पादन कटौतीको महत्त्वपूर्ण आर्थिक तथा राजनीतिक कारण हुन सक्ने गोल्डम्यान साक्सले बताएको छ । 

अमेरिकामा मूल्यवृद्धि अलि कम भएको भनी आँकडा आइरहेको बेलामा इन्धनको मूल्य बढ्दा समस्या पर्ने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्