२१ जेठ २०८३, बिहीबार

यो देशमा म घाँडो भएको भए मारिदिनुस् : रवि लामिछाने

यो देशमा म घाँडो भएको भए मारिदिनुस् : रवि लामिछाने
फाइल फोटो

चितवन–२ उपनिर्वाचनमा उम्मेदवार बनेका रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट विवादमा अनावश्यक टिप्पणी गरिएको भन्दै आफू देशमा घाँडो भएको भए मारिदिए पनि हुन्छ भन्ने टिप्पणी गरेका छन् ।

उम्मेदवारी मनोनयन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले २०१८ मै पासपोर्ट त्यागिसकेको भनेर अदालतको आदेशमा उल्लेख भएकाले अनावश्यक बखेडा गर्न खोजिएको बताए ।

‘अदालतको पूर्णपाठमा नै २०१८ मा त्यागिसकेको भनेर उल्लेख गरिएको छ । अदालतको व्याख्यालाई पनि फेरि कसैले व्याख्या गर्छ भने यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि !’ भावुक हुँदै रविले भने । 

अब आफूमाथि कुनै पनि प्रकारको कानूनी झमेला नआउने पनि उनले बताए । 

‘अब मैले कानूनी उल्झन आउने देखेको छैन । अब केही बाँकी छैन,’ रविले भने, ‘तर चाहने नै हो भने मैले तपाईंलाई चाहें भने ५ दिन स्टडी गरेर सय वटा मुद्दा ठोक्दिन सक्छु ।’
 
अदालती प्रक्रियाबाट टुंगिसकेको कुरामा अब अनावश्यक बखेडा नझिक्न पनि उनले आग्रह गरे । ‘मलाई दुःखै दिने, खत्तमै पार्ने हो सारा शक्ति लागेर मलाई सक्ने हो भने थाहा छैन,’ उनले भनेका छन्, ‘होइन भने मैले त्यस्तो के अपराध गरेको छु ? न्यायिक र अदालती प्रक्रियाबाट टुंगिसकेको कुराहरूलाई अब मैले प्रभावित गर्न सक्दिनँ । न प्रभावित गर्ने पावर नै मसँग छ । मसँग भएको तिनै जनता हुन्, जनता नै सबैभन्दा शक्तिशाली र सार्वभौम छन् ।’

salt training

कमेन्ट गर्नुहोस्