२१ जेठ २०८३, बिहीबार

राष्ट्रपति पौडेलको स्वास्थ्यबारे तिमिल्सिना र महतले लिए जानकारी

राष्ट्रपति पौडेलको स्वास्थ्यबारे तिमिल्सिना र महतले लिए जानकारी
फाइल फोटो

पेटमा समस्या आएर उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी लिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर तिमिल्सिना र महतले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

‘राष्ट्रियसभा अध्यक्ष, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाज्यूले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटेर सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभयो,’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भने, ‘यसअघि बिहान सम्माननीय उपराष्ट्रपति रामसहाय यादवज्यूले पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सम्माननीय राष्ट्रपतिज्यूलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।’

पेट दुख्ने समस्या आएपछि शनिवार रातिदेखि पौडेलको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्