२१ जेठ २०८३, बिहीबार
निगमको निर्णय

निगमले पेट्रोल प्रतिलिटर ३ र डिजेल १० रुपैयाँ घटायो

निगमले पेट्रोल प्रतिलिटर ३ र डिजेल १० रुपैयाँ घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निर्णय गरेको हो।  

निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हवाई इन्धन आन्तरिक र बाह्यतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ । यस्तै एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको निगमको भनाइ छ । ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि ५४५ रुपैयाँ घाटा रहेको भएपनि मूल्य यथावत राखिएको ठाकुरको भनाइ छ । 

घटेको मूल्यअनुसार निगमको डिपोदेखि १५ किलोमिटरसम्म अब पेट्रोलको खुद्रा मूल्य १७५ र डिजेलको १६५ तथा  पनि १६५ नै रुपैयाँ पर्नेछ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्