२४ जेठ २०८३, आइतबार

महरा- जावेद शिष्टाचार भेट, पाकिस्तानबाटै सिधा हवाई उडानका लागि छलफल

कात्तिक २०, २०७४
महरा- जावेद  शिष्टाचार भेट, पाकिस्तानबाटै सिधा हवाई उडानका लागि छलफल

 


काठमाडौँ, १४ भदौ । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ । 

सो अवसरमा परराष्ट्रमन्त्री महराले दुई देशबीच हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो । 

द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उहाँले उक्त संयन्त्रको बैठकलाई नियमितता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री महराले पाकिस्तानसँग नेपालको सधैँ सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ उचाइमा पु¥याउनुपर्ने बताउनुभयो । 

भेटमा राजदूत जावेदले पाकिस्तान र नेपालबीच हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकारसमक्ष प्राथमिकतासाथ राख्ने बताउँदै आपसी सहयोग र द्विपक्षीय हितका विषयलाई अझ सवल बनाएर .लैजानुपर्नेमा जोड दिनुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्