२१ जेठ २०८३, बिहीबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले आज बुधवार पदाधिकारी बैठक बोलाएको छ ।

सरकारका साझा न्यूनतम कार्यक्रम, पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बुधवार दिउँसो ४ बजे बस्ने गरी माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारको साझा न्यूनतम कार्यक्रम र समसायिमक एजेण्डा सहितको छलफल गर्न बैठक डाँकिएको जानकारी दिए । 

‘सम्भवः भोलि सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक हुने भन्ने छ । यसैले हामीले यो विषयमा पनि छलफल गरौं, समसायिक राजनीतिक विषययमा पनि कुरा गरौं भनेर पदाधिकारी बैठक बोलाएका हौं,’ गुरुङले लोकान्तरसँग भने । 

अझै पनि ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँग छन् । सरकारको पूर्णताको विषयमा पनि माओवादी बैठकमा कुरा हुनसक्ने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्