भारतको केरल राज्यमा रहेको कोझिकोडमा ट्रेनभित्र आगो लगाएर तीनजनाको हत्या गर्ने व्यक्ति महाराष्ट्रमा पक्राउ परेको छ ।
आरोपित व्यक्तिले एलाथुर नजिक अलप्पुझा–कन्नूर एक्सप्रेस ट्रेनको डी१ डब्बामा प्रज्वलनशील पदार्थ फ्याँकेर आगो लगाएको थियो । त्यसक्रममा तीनजनाको मृत्यु भयो अनि अन्य कैयौं यात्री घाइते भए ।
महाराष्ट्रको रत्नागिरीमा उसलाई पक्राउ गरिएको हो ।
पक्राउ परेको व्यक्तिको नाम शाहरुख सैफी हो । उसलाई केरल प्रहरीसमक्ष बुझाइएको छ ।
आइतवार राति यो घटना गराएर शाहरुख फरार भएको थियो ।
यो आतंकवादी उद्देश्यले गराइएको घटना हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।