
अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै ?’ आगामी कार्तिक २४ गते रिलिज गर्ने गरि निर्माण घोषणा गरिएको थियो ।
एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फाटेको जुत्ता खै ?’ निर्माण गर्न लागेको बताएका थिए ।
फिल्मको छायांकन वैशाखबाट सुरु गरिने बताइएको छ । छांयाकनमा नजाँदै फिल्ममा अस्ट्रेलियाबाट नयाँ निर्माताका रुपमा देव कार्की प्रवेश भएका छन् ।
अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन । कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्म रिलिज गर्दै आएका छन् ।

फिल्ममा सौगात मल्ल र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमारकै फिल्म ‘फाटेको जुत्ता’ र ‘चपली हाइट ३’ निर्देशन गरेका थिए । ‘फाटेको जुत्ता’को सिक्वेलका रुपमा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो ।
आकाश बरालको कथामा फिल्म निर्माण हुनेछ भने संगीत प्रवेश मालिकको रहनेछ । आगामी वैशाखमा नवलपुरबाट फिल्मको छायांकन सुरु हुनेछ ।