
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
राहदानी दुरुपयोगको विषयमा मुद्दा नचलाउने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध रिट परेको हो ।
उक्त निर्णय बदर गरी राहदानी दुरुपयोगमा अनुसन्धान गरेर कारबाही हुनुपर्ने मागसहित युवराज पौडेल सफलले दिएको रिट आज न्यायाधीश फुयाँलको इजलासमा परेको हो ।
यसअघि मंगलवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पर्दा उनले हेर्न नमिल्नेमा राखेका थिए ।
रविको नागरिकताको मुद्दामा यसअघि संवैधानिक इजलासमा आफ्नो राय व्यक्त गरिसकेको भन्दै उनले आफूरहितको इजलासमा पेश गर्न आदेश गरेका थिए । त्यसपछि आज न्यायाधीश फुँयालको इजलासमा पेशी तोकिएको हो ।