०४ साउन २०८३, सोमबार

‘जनयुद्ध’को बहस चलिरहँदा अदालतमा धरधरी रोइन् गंगामाया

‘जनयुद्ध’को बहस चलिरहँदा अदालतमा धरधरी रोइन् गंगामाया

फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै राजपत्रमा प्रकाशित गरेर सार्वजनिक बिदा दिने सरकारी निर्णय खारेजीको माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको समयमा द्वन्द्वपीडित गंगामाया अधिकारी धरधरी रोएकी छन् ।

बुधवार न्यायाधीश हरि फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठलले बहस गरिरहेको समयमा गंगामायाले आँशु पुछिरहेकी थिइन् । 

बहसका क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएर उत्साह मनाउँदा पीडितहरूमाथि चरम अन्याय भएको बताए ।

उनले सरकारले जनयुद्ध दिवस समेटिएको क्यालेन्डर प्रकाशित गर्ने तयारी गरेको हुँदा त्यो रोक्न पनि तत्काल अन्तरिम आदेश आउनुपर्ने बताए । 

‘निवेदक गंगामायाका छोरा मारिए, छोराको न्यायका लागि अनसन बस्दा श्रीमानको अस्पतालमा मृत्यु भयो । पीडितले अहिलेसम्म न्याय नपाएको अवस्थामा राज्यले जनयुद्ध दिवसका नाममा उत्साह मनाउन खोज्नु दुभाग्यपूर्ण हो’, श्रेष्ठले बहसका क्रममा भने ।

बहस चलिरहदा दर्शकदीर्घामा गंगामाया रोइरहेकी थिइन्। 

गोर्खा फुजेलकी गंगामाया अधिकारीसहितले जनयुद्ध दिवस मनाउने सरकारी निर्णयविरुद्ध रिट दिएका थिए। उनका पति नन्दप्रसाद अधिकारीको अनशनका क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

सरकारले यसै वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको छ भने राजपत्रमा सूचना प्रकाशित गरेर सरकारको वार्षिक क्यालेन्डरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्