२९ असार २०८३, सोमबार

एनएमबी बैंकद्वारा जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

एनएमबी बैंकद्वारा जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

एनएमबी बैंकले जनकपुरधामको जानकी आँखा अस्पतालमा १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरू खरिद गर्न लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ। 

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो । साथै आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धीरेन्द्रमोहन झालगायत अन्य पधाधिकारीहरू समेतको उपस्थिति थियो। 

बैंकले २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ।

'क' वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था यस बैंक दी फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि 'बैंक अफ दि इयर एसिया २०२१' उपाधिबाट सम्मानित भइसकेको छ। 

salt training

कमेन्ट गर्नुहोस्