०७ असार २०८३, आइतबार

न्युजील्यान्डका बलर मिल्नेले फास्ट बल गरी भाँचिदिए श्रीलंकाली ब्याट (भिडियो)

चैत २२, २०७९
न्युजील्यान्डका बलर मिल्नेले फास्ट बल गरी भाँचिदिए श्रीलंकाली ब्याट (भिडियो)

न्युजील्यान्डले श्रीलंकाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टी२० खेल नौ विकेटले जितेको छ । 

उक्त जीतसँगै शृंखला १–१ को स्थितिमा आइपुगेको छ । 

उक्त खेलमा न्युजील्यान्डका फास्ट बलर एडम मिल्नेले उत्कृष्ट प्रदर्शन गर्दै जम्मा २६ रन दिएर पाँच विकेट हात पारे । 

त्यसक्रममा उनले श्रीलंकाका पाथुम निसान्काको ब्याट दुईटुक्रा पारिदिए । 

श्रीलंकाले दिएको १४२ रनको सामान्य लक्ष्य न्युजील्यान्डले १४.४ ओभरमै पूरा गरेको थियो । ओपनर टिम साइफर्टले नटआउट रही ७९ रन बनाए । 

श्रीलंकाले राम्रो शुरूआत गर्दै १२ ओभरमा चार विकेट गुमाउँदै ९९ रन बनाएको भए पनि पछिका ६ विकेट जम्मा ४२ रनमा गुमायो र सामान्य लक्ष्य दियो । 

शनिवार क्वीन्सटाउनमा निर्णयक खेल हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्