२२ जेठ २०८३, शुक्रबार
राहदानी दुरुपयोगको मुद्दा

रविको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, विपक्षीका नाममा कारण देखाऊ आदेश

रविको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, विपक्षीका नाममा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै बुधवार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

राहदानी दुरुपयोग सम्बन्धमा मुद्दा नचलाउने भनेर महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर गरी अनुसन्धान र कारवाही हुनुपर्ने मागसहित युवराज सफलले दिएको रिटमा प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी भएको हो ।

विपक्षी महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचल्ने निर्णय गर्नुको कारणबारे लिखित जवाफ दिन आदेश भएको छ ।

यसअघि प्रारम्भिक बहसका क्रममा निवेदक पक्षले रविविरुद्ध मुद्दा नचलाउने भनी निर्णय हुने क्रममा सरकारसँग सौदाबाजी भएको दाबी गरेका थिए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने दिन सौदाबाजी गरी मुद्दा नचल्ने निर्णय गरेको जिकिर गरेका थिए ।

रिटमाथि सरोकारवाला पक्षका रूपमा रविका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले महान्यायाधिवक्ताको संवैधानिक अधिकार र विवेकलाई कुण्ठित गर्न नमिल्ने जिकिर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्