१२ असार २०८३, शुक्रबार

मालपोतका १० जना अख्तियारको फन्दामा

कात्तिक २०, २०७४
मालपोतका १० जना अख्तियारको फन्दामा
काठमाडौं, १४ भदौ- मालपोत कार्यालय चाबहिलका १० कर्मचारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो । एक जनाविरुद्ध औसतमा १८ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

कार्यालयमा कार्यरत मालपोत अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्याल, कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्यालस नायब सुब्बात्रय सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी सहायक कम्प्युटर अपरेटर लक्ष्मणप्रसाद. खतिवडा र खरिदार दिव्य राज घिमिरेबिद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । संलग्न भएको आरोपमा अन्य ३७ जनाबिरुद्ध समेत मुद्दा दायर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्