
वैशाखदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘हात्तीछाप’मा अभिनेता विल्सनविक्रम राईको प्रवेश भएको छ ।
फिल्मको शीर्षमध्येको एक भूमिकाका लागि अभिनेता विल्सन बिहीवार मात्रै अनुबन्धित भएका हुन् ।
निर्माता किरण नेपाली र अभिनेता विल्सनबीच कागजी सम्झौता भएको छ ।
फिल्ममा विल्सन लाहुरेको भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।
‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, उपासनासिंह ठकुरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारहरू यसअघि नै तय भइसकेका छन् ।
प्रदीप भारद्धाजको कथा रहेको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् ।