शुक्रवार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
शनिवार भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।