
मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपषिद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक रहेको र विशेष एजेन्डा नरहेको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार सार्वजनिक सरकारका न्यूनतम् साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूलाई निर्देशन दिने ती मन्त्रीले बताए ।