११ साउन २०८३, सोमबार

घरघरमा छरिएका ससना रकम जम्मा गरे अर्थतन्त्रलाई सम्बोधन हुन्छ- माधव नेपाल

घरघरमा छरिएका ससना रकम जम्मा गरे अर्थतन्त्रलाई सम्बोधन हुन्छ- माधव नेपाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताउनुभएको छ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले घरघरमा छरिएका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा गर्न सके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।

विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने उनको भनाइ थियो।

छरिएर रहेको रकमलाई पुँजीको रूपमा जम्मा गर्दा लगानीमा उपयोग हुन सक्ने र लगानीको निम्ति पैसाको अभाव पनि नहुने स्थिति बन्ने उनले बताए । 

‘निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र वहस हुनुपर्छ । हामी चाहन्छौँ घरघरमा छरिएका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरू उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो,' नेपालले भने, 'लगानीमा उपयोग हुनसक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन ।'

थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरूसँग छरिएर रहेका रकम जम्मा हुने उनले तर्क गरे।

अध्यक्ष नेपालले मिटरब्याज पीडितहरूलाई न्याय दिन सरकार अघि बढिसकेको पनि बताए। 

salt training

कमेन्ट गर्नुहोस्