०८ साउन २०८३, शुक्रबार

एउटै जिल्लाबाट ९ महिनामा ७४ जना हराए

एउटै जिल्लाबाट ९ महिनामा ७४ जना हराए

एउटै जिल्लाबाट पछिल्लो ९ महिनामा ७४ जना बेपत्ता भएका छन्। 

भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७४ जना हराएका जिल्ला प्रहरी कार्यालयको तथ्यांकले जनाएको छ। जसअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्। 

बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

यस्तै १८ बालिका बेपत्ता भएकामा ७ र ४ बालक बेपत्ता भएकामा ३ र ५ पुरुष बेपत्ता भएका थिए भने १ पुरुष मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिएका छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

हराउनेबितत्तिकै प्रहरीलाई खबर गर्ने गरेको भए अझै धेरै भेट्टिने उनले बताए। 

हराएकाहरूको जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको उनको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्