०५ साउन २०८३, मंगलबार
संसदमा गगन

प्रधानमन्त्रीमा आत्मविश्वास देखिएन, अलमलमा पर्नुभयो– गगन थापा

प्रधानमन्त्रीमा आत्मविश्वास देखिएन, अलमलमा पर्नुभयो– गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकारले जनतालाई भरोसा दिलाउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलमलमा देखिएको टिप्पणी गरेका छन् ।

उनले पार्टीलाई बिर्सेर प्रधानमन्त्रीजस्तो बनेर काम गर्न प्रचण्डलाई सुझाव दिए । 

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले औपचारिक कार्यक्रममा गएर समय बर्बाद नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

‘प्रधानमन्त्रीको काम कारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिन्छ । केही कार्यक्रममा मलाई बोलाउँदा मैले भ्याउँदिनँ भनें । आयोजकले  प्रधानमन्त्रीलाई फुर्सद हुने तँलाई नहुने भनेपछि म बाध्यताले गएको छु,’ थापाले भने, ‘उद्घाटनमा जान भ्याइएको छ, सम्मेलनमा जान भ्याइएको छ ।’

महामन्त्री थापाले आफूहरू सरकारलाई भोट हाल्ने सांसद मात्र नभएको भन्दै परिणाम खोज्ने बताए ।

‘प्रधानमन्त्रीले चुस्त टीम बनाउनु पर्छ । गठबन्धनसँग महिनामा एक दिन बसे हुन्छ । दल बिर्से हुन्छ । प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गरे हुन्छ,’ थापाले भने, ‘जनता यति धेरै निराश छन् । प्रधानमन्त्रीले भरोसा दिलाउनुपर्ने हो । यसका लागि काम गर्ने शैली बदल्न जरुरी छ ।’

salt training

कमेन्ट गर्नुहोस्