०३ असार २०८३, बुधबार

गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

स्थानीय वायुको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मंगलवार देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री तथा अधिकमत तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । 

सोमवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ० डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्