०७ साउन २०८३, बिहीबार

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको २ हप्तामै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । 

आइतबार एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका थिए । 

एमाले सरकारबाट फिर्ता भएसँगै कर्णालीमा कांग्रेसलाई सरकारमा जान बाटो खुलेको छ । 

४० सिट भएको कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो कांग्रेसको १४, माओवादीको १३, एमालेको १०, नेकपा एस, राप्रपा र स्वतन्त्रका एकएक सांसद छन् । 

ठूलो दलका रुपमा कांग्रेसले यहाँ मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । 

कमेन्ट गर्नुहोस्