तिब्बती धर्मगुरु दलाई लामाले एक बालकको ओठ चुमेको अनि जिभ्रो निकालेर चुस्न भनेको घटनामा माफी मागेका छन् ।
सोमवार दलाई लामाको कार्यालयले एक विज्ञप्ति जारी गरेको थियो । त्यसमा उनले बालक तथा परिवार अनि संसारभरि रहेका उसका साथीसँग माफी मागेको उल्लेख छ । आफ्ना शब्दले चोट पुगेको भए माफी चाहेको भनी विज्ञप्तिमा लेखिएको छ ।
‘पवित्र दलाई लामाले भेटेका मानिससँग निर्दोष तथा रमाइलो ढंगले जिस्क्याउने गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
गत फेब्रुअरी महिनामा धर्मशालामा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दलाई लामाले माफी मागेका हुन् । धेरै प्रयोगकर्ताहरूले दलाई लामाको व्यवहारको आलोचना गरेका थिए ।
ती बालक को हुन् भनी खुलेको छैन ।
पढ्नुहोस् यो पनि :