२५ असार २०८३, बिहीबार

रास्वपा अनुशासन आयोगको बैठक बस्दै, श्रेष्ठको अडियो प्रकरणबारे निर्णय हुने

रास्वपा अनुशासन आयोगको बैठक बस्दै, श्रेष्ठको अडियो प्रकरणबारे निर्णय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगको बैठक सोमवार बिहान ११ बजे बस्दैछ ।

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’बारे निर्णय लिन बैठक बस्न लागेको हो ।

सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छलफल गरी निर्णय लिएर पार्टी केन्द्रीय कमिटीमा सिफारिस पठाउन बैठक बस्न लागेको अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिए । श्रेष्ठलाई कारवाही गर्ने/नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टीले लिनेछ ।

रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठमाथि लागेको आरोप पुष्टि भएमा ७२ घण्टाभित्र कारवाही हुने बताइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्