२५ जेठ २०८३, सोमबार

‘माग्ने बुढा’को आज जन्मदिन, ‘मास्टरपिस साथी’ भन्दै दीपकराजले दिए शुभकामना

‘माग्ने बुढा’को आज जन्मदिन, ‘मास्टरपिस साथी’ भन्दै दीपकराजले दिए शुभकामना
तस्वीर : दीपकराजको फेसबुकबाट

चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले मंगलवार आफ्नो जन्मदिन मनाइरहेका छन् ।

निम्नवर्गीय परिवारमा हुर्किएका केदारले ठूलो संघर्षबाट कलाकारिता क्षेत्रमा पाएको आजको सफलता धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।

उनै अभिनेताको जन्मदिनमा चलचित्र एवं हास्य क्षेत्रका कलाकार एवं अन्य शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् । 

निर्माता एवं अभिनेता दीपकराज गिरीले केदारलाई आफ्नो ‘मास्टरपिस साथी’ भन्दै शुभकामना दिएका छन् ।

यी दुईले विगत १० वर्षदेखि सहकार्य गर्दै आएका छन् ।

‘म भनेको म नै हुँ भन्ने सोचबाट मुक्त भएर हामी–हामि एक छौ र त म आज म हुन पाएँ भन्ने सिद्धान्तमा हिँडेका हामी संगै हिडेको पनि १० वर्ष भएछ’ दीपकराजले फेसबुकमा दुई जनाको तस्वीर राख्दै लेखेका छन् ‘यस्तो साथी आजकल किताबमा र कथामा मात्रा पाइन्छ भन्थे तर एउटा मास्टरपिस चाहिँ मसँग पनि छ ।’

दीपकराज, दीपाश्री निरौला र केदारको टिमको फिल्म ‘छक्का पञ्जा ४’ हलमा प्रदर्शन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्