२९ असार २०८३, सोमबार

ट्रम्पले गरे चीनका राष्ट्रपति सीको प्रशंसा (भिडियो)

चैत २९, २०७९
ट्रम्पले गरे चीनका राष्ट्रपति सीको प्रशंसा (भिडियो)

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनपिङको प्रशंसा गरेका छन् । 

मंगलवार राति फक्स न्युजका टकर कार्लसनसँगको अन्तर्वार्तामा ट्रम्पले सी बुद्धिमान तथा सुन्दर मानिस भएको बताए । 

‘राष्ट्रपति सी तगडा मानिस हुन् । तपाईं हलिउडमा गएर राष्ट्रपति सीको भूमिका खेल्ने मान्छे खोज्नुभयो भने पाउनुहुन्न । उनी जस्तो कोही पनि छैन । उनको सुन्दरता, मस्तिष्क, सबैथोक,’ ट्रम्पले बताए । 

सीकी एकजना अनुवादकको पनि ट्रम्पले प्रशंसा गरे । 

‘सुन्दर महिला अनुवादक, उनी साह्रै राम्री थिइन्,’ ट्रम्पले भने । ‘उनी व्यावसायिक थिइन् । उनले सीको सबै कुरा अनुवाद गरिन् ।’

यसअघि पनि धेरैपटक ट्रम्पले सीको प्रशंसा गरिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्