३० असार २०८३, मंगलबार

पाकिस्तान सीमा नजिक भारतीय सेनाको अखडामा गोलीकाण्ड, चार जवानको मृत्यु

चैत २९, २०७९
पाकिस्तान सीमा नजिक भारतीय सेनाको अखडामा गोलीकाण्ड, चार जवानको मृत्यु

पाकिस्तान सीमा नजिक भारतको पञ्जाब राज्यमा रहेको भटिन्डामा सेनाको एक अखडामा बुधवार गोलीकाण्ड भएको छ । 

घटनामा चारजना जवानको मृत्यु भएको बताइएको छ । 

अहिले उक्त क्षेत्रलाई सीलबन्दी गरी सेनाले पञ्जाब प्रहरीसँग मिलेर अनुसन्धान थालेको छ । 

‘यस दुर्भाग्यपूर्ण घटनामा आर्टिलरी इकाइका चारजना सैन्य जवानहरू गोली लागी निधन भएका छन्,’ भारतीय सेनाको दक्षिणपश्चिम कमान्डको केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जनाएको छ । ‘अन्य जवान घाइते हुने वा भवनमा क्षति पुग्ने कुनै घटना भएको छैन ।’

‘दुई दिनअघि इन्सास राइफल र २८ राउन्ड गोलीगट्ठा दुई दिनअघि हराएको कुरालाई पनि अनुसन्धानको दायरामा राखिएको छ,’ विज्ञप्तिमा थप भनिएको छ । 

आतंकवादी आक्रमण नभई सैन्य अखडामा भएको कुनै झगडाका कारण यो घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्