०८ साउन २०८३, शुक्रबार

बालिका बलात्कारको मुद्दा पैसा लिएर फिर्ता लिन पीडित पक्षलाई दबाब

बालिका बलात्कारको मुद्दा पैसा लिएर फिर्ता लिन पीडित पक्षलाई दबाब

अपांग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन दबाब आएको पीडित पक्षले बताएका छन्। 

सुनसरी इनरुवा नगरपालिका-४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको आरोप छ ।

करणी आरोपमा प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ । प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानसमेत गरिसकेको छ ।

यद्यपि, पीडित परिवारले भने धाकधम्की खेपिरहनुपरेको भन्दै गुनासो गरेका छन् । पीडकले आफूहरूलाई मुद्दा फिर्ता लिन धाकधम्की दिँदै आएको उनीहरूले बताएका हुन् ।

पीडितको घरमा केही दिनअघि आगलागी भएको थियो । जसलाई सुनियोजित दाबी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महशुस गरेको छ ।

मुद्दा फिर्ता लिन धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो । पीडितकी आमाले आफूलाई आएको धम्कीबारे छिमेकीहरूले समेत साथ नदिएको आरोप लगाइन्।

घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ । 

घरमा लागेको आगलागीको पछिल्लो घटनाबारे भने थप अनुसन्धान जारी रहेको प्रहरी बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्