२७ जेठ २०८३, बुधबार

चीनले ५ वर्षभित्र चन्द्रमामा अखडा बनाउने, त्यहीँको माटोबाट बन्नेछ इँटा

चैत २९, २०७९
चीनले ५ वर्षभित्र चन्द्रमामा अखडा बनाउने, त्यहीँको माटोबाट बन्नेछ इँटा

चीनले अबको पाँच वर्षभित्र चन्द्रमामा एउटा अखडा बनाउने योजना सार्वजनिक गरेको छ । 

चन्द्रमाकै माटो उपयोग गरी इँटा बनाएर घरहरू निर्माण गर्ने योजना रहेको चिनियाँ वैज्ञानिकहरूले साउथ चाइना मर्निङ पोस्टलाई बताएका छन् । 

ह्वाचोङ विश्वविद्यालयका शीर्ष वैज्ञानिक तिङ लीयुनले सन् २०२८ मा छाङ’ई मिसनको बेलामा पहिलो इँटा बनाइनेछ । 

चन्द्रमामा बसाइने बस्ती आणविक ऊर्जाबाट चल्न सक्ने भनी चीनले यसअघि नै बताएको थियो । छाङ’ई ६, ७ र ८ मिसनले ल्यान्डर, हपर, अर्बिटर र रोभर पनि बनाउनेछ । 

‘पृथ्वी बाहेकका स्थानमा पनि मानव बस्ती बसाउनु अन्तरिक्षको खोज गर्ने मानवताको चाहनाबमोजिमकै काम हो अनि अन्तरिक्ष शक्तिका रूपमा चीनको रणनीतिक आवश्यकतालाई पनि यसले प्रतिनिधित्व गर्छ,’ तिङले चाइना साइन्स डेलीलाई बताए । 

चन्द्रमामा मानवसहितको अखडा बनाउने विषयमा वुहानमा ठूलो सम्मेलन हुन लागेको पूर्वसन्ध्यामा तिङको भनाइ आएको हो । 

चीनले यसअघि नै चन्द्रमामा खोजीका लागि प्रोबहरू पठाइसकेको छ । उसले आफ्नै अन्तरिक्ष स्टेशन समेत बनाइसकेको छ । मंगलग्रहमा पनि उसले नजर डुलाइरहेको छ । 

पृथ्वी बाहेक अन्य ग्रहमा रहेका खनिज तथा अन्य प्राकृतिक स्रोतमा पहिलो पहुँचका लागि चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्