०८ असार २०८३, सोमबार

भारतले जी२० को बैठक कश्मीरमा गर्ने भएपछि रिसायो पाकिस्तान

चैत २९, २०७९
भारतले जी२० को बैठक कश्मीरमा गर्ने भएपछि रिसायो पाकिस्तान

पाकिस्तान र चीनसँग सीमाविवादका बीच भारतले जी२० को अध्यक्षता गरिरहेको छ । 

त्यसैक्रममा भारतले दुवै छिमेकीलाई कडा सन्देश दिँदै जी२० र वाई२० को बैठक कश्मीरको लेह र श्रीनगरमा आयोजना गर्न लागेको छ । 

कश्मीरमा उक्त बैठक गर्न लागिएपछि पाकिस्तान रिसाएको छ । भारतले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय निकायमा भएको सदस्यबाट अनुचित फाइदा उठाएको पाकिस्तानको आरोप छ । 

चीनले यो बैठक बहिष्कार गर्ने निर्णय लिन सक्ने बताइएको छ । यसअघि मार्च २६ मा अरुणाचल प्रदेशको राजधानी इटानगरमा भएको जी२० प्रतिनिधिहरूको बैठकमा पनि चीन सहभागी थिएन । 

कश्मीरमा राखिने जी२० को बैठकमा कतिवटा राष्ट्र सहभागी हुनका लागि राजी भइसकेका छन् भनी भारतले खुलाएको छैन । जी२० का कतिपय मुलुकहरू मुस्लिम राष्ट्रको समूह ओआईसीका पनि सदस्य हुन् । ओआईसीले जम्मु कश्मीर पुनर्गठनसम्बन्धी भारत सरकारको निर्णयलाई विरोध गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्