०२ असार २०८३, मंगलबार

अमेरिकी हवाई कारबाहीमा एकै परिवारका तेह्रको मृत्यु

कात्तिक २०, २०७४
अमेरिकी हवाई कारबाहीमा एकै परिवारका तेह्रको मृत्यु

पुलीअलाम (अफगानिस्तान), १५ भदौ । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु भएको छ ।

       यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस हवाई कारबाहीमा मारिएका एकै परिवार १३ व्यक्तिहरुमा प्राय महिला र बालबालिका रहेका बताइएको छ ।

       अमेरिकी  सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

           अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको  हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको छ ।

       अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६६२ व्यक्तिको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् ।

       अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघका सहयोग मिसनद्वारा गत महिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ ।

       यो सङ्ख्या गत बर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्