३१ असार २०८३, बुधबार

संसदीय रुलिङ विपरीत विधेयक दर्ता भयो : नेता नेपाल

कात्तिक २०, २०७४
संसदीय रुलिङ विपरीत विधेयक दर्ता भयो : नेता नेपाल


मोरङ, २४ पुस - नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सभामुखले संसदीय परिपाटी र रुलिङ विपरीत गएर संविधान संशोधन विधेयक दर्ता गराएको आरोप लगाउनुभएको छ ।

मोरङको विराटनगरमा आज साँझ पत्रकारसँग कुरा गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति हुँदाहुँदै पनि सभामुखले संसद्को रुलिङ विपरीत विधेयक दर्ता गराएको बताउनुभयो ।

नेता नेपालले यसअघि प्रतिपक्षको विरोध र असहमति हुँदा संसद् बैठक स्थगित गर्ने परिपाटी विपरीत गएर संशोधन विधेयक दर्ता गराउनु अशोभनीय भएको जानकारी दिँदै उहाँले निर्वाचनसम्बन्धी कानुन निर्माणसम्बन्धी विधेयक अगाडि बढाए पनि संविधान संशोधन दर्ता भएको प्रस्तावलाई स्थगित गर्नुपर्नेमा जोड दिनुभयो ।

“निर्वाचन कानुनको विषयमा हाम्रो सहमति छ”– उहाँले भन्नुभयो, “संविधान संशोधन प्रस्तावको हामी हिजो, आज र भोलि पनि विरोध गर्छौं ।”

प्रदेशको सीमा हेरफेर प्रदेशसभाले मात्रै गर्नसक्ने विषयमा सर्वोच्च अदालतले पनि फैसला गरेको भन्दै नेता नेपालले संविधान संशोधनसम्बन्धी दर्ता भएको प्रस्तावलाई स्थगित गनुपर्ने विचार व्यक्त गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्