१० साउन २०८३, आइतबार

ओलीको गृहजिल्लामा शौचालय बनाउन गाह्रो, ३६ हजार घरधुरी खुला शौच गर्छन्

कात्तिक २०, २०७४
ओलीको गृहजिल्लामा शौचालय बनाउन गाह्रो, ३६ हजार घरधुरी  खुला शौच गर्छन्

झापा, १६ भदौ– नेपाललाई खुला दिसामुक्त गर्ने अभियानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा पनि चुनौति थपिएको छ । झापालाई सन् २०१७ भित्रै खुला दिसामुक्त घोषणा गरिसक्ने लक्ष्य थियो । तर अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो ।

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्रगति हासिल गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताए। ‘चार महिनाभित्र अभियान सम्पन्न गरिसक्नुपर्ने चुनौती छ,’ उनले भने, ‘अभियान सम्पन्न गर्न ठूलै चुनौती छ ।’ हालसम्म झापाको बुद्धशान्ति गाउँपालिका मात्रै खुला दिसामुक्त भएको उनले बताए ।

पहिलेका केही गाविस पनि खुला दिसामुक्त भएपनि स्थानीय तह पुनःसंरचनापछि अन्य गाउँपालिका/नगरपालिका खुला दिसामुक्त हुन सकेका छैनन् ।

झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारी लक्ष्य छ । समयावधि चार महिना मात्रै बाँकी छँदा सो लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा ठूलै चुनौती थपिएको छ ।

झापामा एकलाख ८१ हजार ७९७ घरधुरी छन् । तीमध्ये एकलाख ४५ हजार ८०० घरधुरीमा शौचालय निर्माण भइसकेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्